
२८ चैत, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि सर्ट लिस्ट तयार भएर कार्यायोजना प्रस्तुत गर्ने बेला प्रक्रिया रोकिएको छ । बोर्डको अध्यक्ष पदका लागि भोलि बिहीबार कार्यायोजना प्रस्तुत गर्नेगरी सर्टलिस्टमा परेकाहरुलाई बोलाइएकोमा हाललाई स्थगित गरिएको मन्त्रालय स्रोतले जनाएको छ ।
अर्थमन्त्री वर्षमान पुन वैशाख २ गते अमेरिका जाने कार्यक्रम छ । अर्थमन्त्री फर्किएपछि मात्रै प्रक्रिया अघि बढ्नेगरी हाललाई कार्यायोजना प्रस्तुत गर्ने कार्य स्थगित भएको स्रोतको भनाइ छ ।
बोर्डको अध्यक्ष पदका लागि ५ जनाको नाम सर्टलिस्टमा परेको छ । कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम सर्टलिस्टमा परेको छ । तीमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् ।
प्रतिक्रिया 4