२८ चैत, काठमाडौं । नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल चीनमा भइरहेको ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा पराजित भएका छन् ।
चीनको निङ्वोमा भइरहेको प्रतियोगितामा प्रिन्स अन्तिम ३२ मा थाईल्याण्डका खुल्नाभुत भितिदसार्नसँग पराजित भएका हुन् ।
छनोट चरणमा दुई खेल जित्दै प्रिन्सले मुख्य चरणमा स्थान बनाएका थिए । तर थाई खेलाडीसँग प्रिन्स सहजै पराजित भए ।
खुल्नाभुतसँग पहिलो सेटमा प्रिन्स २१-३ ले पराजित भएका थिए ।दोस्रो सेटमा सुधारिएको प्रदर्शन गरेपनि प्रिन्स २१-११ ले पराजित भए ।
त्यसखघि मंगलबार भएको छनोट चरणको समूह ए मा प्रिन्सले बहराइनका अदनान इब्राहिमलाई २-१ को सेटमा हराए भने बंगलादेशी सोएद खानडोकारलाई २-० को सेटमा हराएका थिई ।
प्रतिक्रिया 4