+

अन्तिम बलमा राशिदको चौकासँगै राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

२०८० चैत  २९ गते ६:३७ २०८० चैत २९ गते ६:३७
अन्तिम बलमा राशिदको चौकासँगै राजस्थानमाथि गुजरातको रोमाञ्चक जित

२९ चैत, काठमाडौं । अन्तिम बलमा राशिद खानले चौका हानेपछि गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्समाथि तीन विकेटको रोमाञ्चक जित हात पारेको छ । राजस्थानको यो पहिलो हार हो ।

१९७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातको जितमा ओपनर शुभमन गिलले ४४ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ७२ रन बनाए । साई सुदर्शन ३५, विजय शंकर १६, राहुल टेवाटिया २२ र राशिद खानले २४ रन बनाए ।

गुजरातलाई अन्तिम ओभरमा जित्नलाई १५ रन चाहिएको थियो । अन्तिम बलमा २ रन चाहिंदा आवेश खानलाई राशिद खानले चौका हान्दै रोमाञ्चक जित दिलाए ।्

राजस्थानका कुलदिप सेन ३, युजभेन्द्र चहल २ र आवेश खानले १ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ३ विकेट गुमाउँदै १९६ रन बनाएको थियो । राजस्थानका रियान परागले ४८ बलमा ३ चौका र ५ छक्कासहित सर्वाधिक ७६ रन बनाए । सन्जु स्यामसन ३८ बलमा ७ चौका र २ छक्कासहित ६८ रन बनाए । तेस्रो विकेटला लागि सन्जु र रियानले ७८ बलमा १३० रनको शतकीय साझेदारी गरेका थिए ।

ओपनर यशस्वी जैसवाल २४, जस बटलर ८ र शिम्रन हेटमायरले १३ रन बनाए । गुजरातका राशिद खान, मोहित शर्मा र उमेश यादवले एक/एक विकेट लिए ।

राजस्थान ५ खेलमा ४ मा जित र एक मा हारसहित ८ अंकका साथ शीर्षस्थानमा छ । गुजरात ६ खेलमा समान ३ मा जित र हारसहित छैटौं स्थानमा छ । समान ६ अंक भए पनि नेटरनरेटको आधारमा कोलकाता दोस्रो, लखनउ तेस्रो, चेन्नाइ  चौथो र हैदराबाद पाँचौ स्थानमा छन् ।

आईपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय