
२ वैशाख, काठमाडौं । शुक्रबार हालसम्मकै उच्च रेकर्ड बनेको सुनको भाउ आइतबार घटेको छ । शुक्रबारको तुलनामा तोलामा २ हजार २ सय रुपैयाँले सुनको भाउ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ३९ हजार रुपैयाँमा सुनको कारोबार भएकोमा आज १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ७५० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ७ सय रुपैयाँमा कायम भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4