
काठमाडौं । स्थायी रुपमै बस्नेगरी अभिनेता दिलीप रायमाझीको परिवार अमेरिकाबाट नेपाल फर्किएको छ । यसका लागि उनले हालै नयाँ बानेश्वर क्षेत्रमा घर समेत किनेका छन् ।
छोरी दिव्या गत साता काठमाडौं आइपुगेर डेब्यु तयारीमा रहेको फिल्म ‘एक्टर’को कार्यशाला ज्वाइन गरिसकेकी छन् । ‘हामी अब नेपालमै बस्नेगरी अमेरिकादेखि फर्कियौं,’ पश्चिम नेपालको दौडाहामा रहेका अभिनेता रायमाझीले अनलाइनखबरसँग भने, ‘यसका लागि हामीले घर समेत किनिसक्यौं ।’
उनले घरको मूल्य भने खुलाएनन् । उनको परिवार नयाँ घरमा सरिसकेको छ । छोरी दिव्याले अब फिल्म र अध्ययनलाई काठमाडौंबाट निरन्तरता दिने दिलीपले बताए ।
यसअघि दिलीप लामो समयदेखि सपरिवार अमेरिकामा बस्दै आएका थिए । त्यसबीचमा पनि उनले केही फिल्म, टेलिभिजन कार्यक्रम र म्युजिक भिडियोमा काम गरे । दिव्याको कुरा गर्दा उनको पहिलो फिल्म ‘एक्टर’ दुई सातापछि छायांकनमा जाने तयारीमा छ । उनले अर्को फिल्म ‘वरिष्ठ बलराम’ पनि साइन गरिसकेकी छन् ।
प्रतिक्रिया 4