
४ वैशाख, काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र सोमा लाग्ने कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वितरणयोग्य नाफाबाट सो लाभांश प्रदान गर्ने घोषणा गरेको हो । सो प्रस्ताव सरकार र आगामी साधारणसभाबाट स्वीकृत भएपछि प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीको हाल चुक्ता पूँजी १२ अर्ब ८१ करोड ३५ लाख ४३ हजार ७५० रुपैयाँ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4