
काठमाडौं । गायक बसन्त थापाको नयाँ गीत ‘सिरानीको साथी’ सार्वजनिक भएको छ । सेन्टिमेन्ट शैलीमा तयार गीतमा शब्द तथा संगीत पनि गायक थापाकै छ ।
गीतमा आफ्नो प्राण पियारी (श्रीमती) पैसाको लोभमा विदेशिन लागेपछि श्रीमानको मनमा उब्जिएको पीडा ब्यक्त गरिएको छ । गीतले विदेशिनेलाई स्वदेशमै रहन समेत सन्देश दिन्छ । गीतको संगीत संयोजन अशोक कुमार राइले गरेका हुन् ।
भिडियोमा दिक्पाल कार्की र सेजल कफियाको अभिनय छ । दिक्पाल र सेजल भिडियोमा श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् ।
अमृत सुनुवारको छायांकन, शौखिन तिमल्सिनाको सम्पादन रहेको भिडियोका सहायक निर्देशक सम्यक अधिकारी हुन् । भिडियोका निर्देशक समन अधिकारी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4