
५ वैशाख, काठमाडौं । १५० किलो गाँजासहित मकवानपुरबाट ७ जनालाई पक्राउ गरेको छ ।
मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १ ५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिकामा बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बम बहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय वीरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडीखोला बस्ने ४४ वर्षीय रामहरि लुईंटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।
पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।
बोरामा गाँजा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।
प्रतिक्रिया 4