
काठमाडौं । इन्फिनिक्स मोबाइलले १८ अप्रिलदेखि ‘हट ४०आई’ स्मार्ट फोन नेपाली बजारमा सार्वजनिक गर्ने भएको छ ।
स्मार्ट ग्राहकका लागि यो स्मार्ट फोनले ग्राहकलाई थप एक्स्ट्रा स्मार्ट बनाउनेमा विश्वास कम्पनीको छ ।
१६ जीबी र्याम र २५६ जीबी र्याम भएको यो स्मार्टफोनले ग्राहकको स्टोरेज चिन्ताबाट पनि मुक्ति पाउने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार यो इन्फिनिक्स हट ४०आई एकदमै उत्कृष्ट डिजाइन गरिएको स्मार्टफोन हो । ३२ एमपीको सेल्फी क्यामेरा जडित भएका कारण सुन्दर क्षणहरूको तस्वीर खिच्न र विना रोकटोक सफासँग सुन्दर भिडियो कल गर्न यो स्मार्टफोन उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ ।
हाइ रेजुलेसन भएको, टेक्नोलोजीमा चासो राख्ने, फोटोग्राफी मन पराउने, सुन्दर लुक्स, स्मार्ट पर्फर्मेन्सका कारण इन्फिनिक्स हट ४०आई स्मार्टफोन ग्राहकका लागि इन्फिनिक्सको स्मार्ट गिफ्ट हुने कम्पनीले बताएको छ ।
प्रतिक्रिया 4