
६ वैशाख, चौतारा (सिन्धुपाल्चोक) । चालु आर्थिक वर्षको ९ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्षमा ५ अर्ब ५९ करोड संकलन गर्ने लक्ष्य लिएकोमा हालसम्म ८ अर्ब ५६ करोड रुपैयाँ संकलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।
नाका सञ्चालन भएपछि व्यापार बढेको भन्सार प्रमुख केसीको भनाइ छ । पछिल्लो समय मानिसहरुको आवतजावत बढिरहेको उनले जानकारी दिए । यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको उनले बताए ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4