+

नेपाली चेस टोली रूस जाने

२०८१ वैशाख  ७ गते १८:४२ २०८१ वैशाख ७ गते १८:४२
नेपाली चेस टोली रूस जाने

७ वैशाख, काठमाडौं । एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रूस जाने भएको छ ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् ।

गत पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको उक्त प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाएका छन् । उक्त प्रतियोगितामा यि पाँच खेलाडीको टिम पहिलो भएका थियो । अफिसियलमा सजल कार्की छन् ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।

चेस टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय