+

जगतमान बने पौडी संघको नयाँ अध्यक्ष

२०८१ वैशाख  ८ गते २०:२९ २०८१ वैशाख ८ गते २०:२९
जगतमान बने पौडी संघको नयाँ अध्यक्ष

८ वैशाख, काठमाडौं । नेपाल पौडी संघको पाँचौ राष्ट्रिय अधिवेशनबाट जगतमान श्रेष्ठको प्यानल विजयी भएको छ । शनिबार भएको पाँचौं राष्ट्रिय अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको हो ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा जयप्रकाश भट्टराई र उपाध्यक्षमा जुनाकुमारी कडायत, चित्रराज भट्ट, उमेश प्रधान चयन भएका छन् ।

त्यस्तै, महासचिवमा ईश्वर कार्की, सचिवमा रञ्जन भट्टराई र गंगालाल गोले, कोषाध्यक्षमा दिलिप वैद्य तथा सह–कोषाध्यक्षमा योगेन्द्रमान श्रेष्ठ छन् ।

त्यस्तै, सदस्यमा दीपकसागर सिंह, विकास शर्मा, कुमार गिरी, गंगालाल सिंगार, डम्बरबहादुर तामाङ, भरत तामाङ, बिस्नप्रसाद न्यौपाने, पञ्चा सिंह, टेकबहादुर थापा, जनक थापा, रुपेशमान सिंह, हरेन्द्र यादव, अनिश महर्जन तथा शिरिष गुरूङ रहेका छन् ।

यो सँगै नेपाल पौडी संघमा अशोक रत्न बज्राचार्यको कार्यसमितिको ४२ वर्षदेखिको विरासत तोडिएको छ ।

खेलकुद जगतमान श्रेष्ठ नेपाल पौडी संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय