+
+

भ्वाइस अफ नेपाल-५ का चारैजना फाइनलिस्टले बेलायतबाट थाले वर्ल्ड टुर

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १२:४८

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ५ का चारैजना फाइनलिस्टले पहिलो वर्ल्ड टुर बेलायतबाट थालेका छन् । बेलायती समयानुसार शनिबार बेलुका उनीहरुले एल्डरसटमा सांगीतिक प्रस्तुति दिए ।

सिजन विजेता विनोद राईसहित फाइनलिस्टहरु मकरबहादुर योञ्जन, नोगेन लिम्बू लगायतले प्रस्तुति दिएको आयोजक सुनगाभा इन्टरटेनमेन्टले जनाएको छ । फाइनलिस्टलाई सुन्न एल्डरसटको एम्पायर हल दर्शकले खचाखच रह्यो ।

सबैजना फाइनलिस्टले मञ्चमा उभिएर ‘यो मन त मेरो नेपाली हो’ गीत गाउँदा माहोल देशभक्तिपूर्ण भावनामा उर्लियो । बेलायतको नेपाली डायस्पोरा पनि यो कन्सर्टमा झुम्यो । शोको होस्ट सुशील नेपालले गरेका थिए ।

कन्सर्टमा जानुपूर्व कलाकारलाई बेलायतस्थित नेपाली समुदायले भव्य स्वागत गरेका थिए । होस्ट सुशील नेपालले अन्य मुलुकमा समेत कार्यक्रम आयोजना हुन लागेको बताएका थिए ।

यतिबेला नेपालमा चाहिं भ्वाइस अफ नेपालको किड्स संस्करण सुरु हुने तयारीमा छ । ब्लाइन्ड अडिसनको तयारी भइरहेको छ भने चारैजना जजको समीकरण पूरा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?