+
+

नेपालको प्राविधिक प्रोफाइललाई विश्वव्यापी रूपमा चिनाउन ल्यान्डमार्क कार्यक्रम 

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ९ गते १४:१९

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सेवा कम्पनीहरू (एनएएस–आईटी) ले ‘नेभिगेटिङ ग्रोथ : स्टार्टअप इकोसिस्टम र एसिया प्यासिफिक विस्तारका लागि रणनीतिहरू’ शीर्षकको ग्राउन्ड ब्रेकिङ कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय प्रतिनिधि, सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, शिक्षाविद्सहितले बहुमूल्य सम्बन्ध स्थापित गर्न र सम्भावित भविष्यको सहयोगलाई बढावा दिन उत्प्रेरकको रूपमा काम गरेको छ ।

एनएएस–आईटीले काठमाडौंमा गरेको एपीआईसीटीए एक्सको बैठक नेपालमा पहिलो पटक आयोजना गरिएको जनाएको छ ।

बैठकले एसिया प्रशान्त क्षेत्रमा फैलिएका १६ देशको प्रभावशाली एर्रेका प्राविधिक विज्ञहरूलाई सहभागी गराएको थियो ।

एसिया प्रशान्त आईसीटी गठबन्धन सदस्य अर्थतन्त्रहरू बीच प्राविधिक आविष्कार र सहयोगलाई प्रोत्साहन गर्न समर्पित एक प्रमुख क्षेत्रीय संगठन हो ।

एसिया प्रशान्त आईसीटी गठबन्धनमा एनएएस–आईटीको प्रमुख सदस्यताले नेपाललाई विश्वव्यापी प्राविधिक मञ्चमा प्रमुख स्थानमा राखेको जनाएको छ ।

जसले नेपाली प्राविधिक उद्यमहरूको लागि अन्तर्राष्ट्रिय साझेदारी र बजारहरूको विकासलाई सहजीकरण गर्ने जनाएको छ ।

योङ इनोभेसनका कार्यकारी अध्यक्ष विभूषण विष्टले प्यानल छलफलको साथ सहभागीलाई सशक्तीकरण गर्ने उद्देश्यले महत्वपूर्ण विषयहरूमा छलफल गरी कार्यक्रम उत्कृष्ट रूपमा सफल भएको बताए ।

छलफल स्टार्टअप इकोसिस्टमहरू निर्माण गर्ने, स्टार्टअपहरू विस्तार गरेर सामना गर्ने चुनौतीहरू पार गर्ने, सफल वृद्धि रणनीतिहरू निर्माण गर्ने, क्षेत्रीय स्टार्टअपहरूको विजयबाट प्रेरणा लिने, बढ्दो क्षेत्र र प्राविधिक प्रवृत्तिहरू पहिचान गर्ने र रणनीतिक साझेदारी मार्फत नवीनतालाई उत्प्रेरित गर्नेमा केन्द्रित थियो ।

कार्यक्रममा एनएएस–आईटीका उपाध्यक्षले एनएएस–आइटी अवार्ड्सको सुरुवातको घोषणा गरेका छन् । जुन टेक्नोलोजीमा उत्कृष्टताको पहिचान गर्न र विजेताहरूलाई नवप्रद्धनलाई बढवा दिन र विश्वव्यापी टेक समुदायलाई एकआपसमा जोड्ने एनएएस–आईटी को मिशन अनुसार  एनएएस–आइटी अवार्डले प्राविधिक उत्कृष्टतालाई अगाडि बढाउन दाबी गरेको छ । जसले सीमापार सहकार्यलाई बढावा दिन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?