+

इन्टिमेट हाइजिनमा कसरी ध्यान दिने ?

२०८१ वैशाख  ९ गते १७:५२ २०८१ वैशाख ९ गते १७:५२
इन्टिमेट हाइजिनमा कसरी ध्यान दिने ?

पहिले महिलाहरू इन्टिमेट हाइजिनको बारेमा कुरा गर्न हिच्किचाउँथे । जसकारण उनीहरू विभिन्न किसिमका संक्रमणबाट पीडित हुने गर्थे । तर अहिले समय बदलिएको छ, महिलाहरू इन्टिमेट हाइजिनको विषयमा सबै प्रकारको जानकारी चाहन्छन् । ताकि कुनै समस्या भोग्नु नपरोस् ।

व्यक्तिगत स्वच्छताको एक महत्त्वपूर्ण भाग इन्टिमेट हाइजिन हो । महिलाहरूले आफ्नो इन्टिमेट एरिया सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यदि यसको सरसफाइ र स्वच्छतामा ध्यान दिइयो भने इन्टिमेट एरिया चिलाउने, फंगल र ब्याक्टेरियल संक्रमण वा यूटीआई जस्ता गम्भीर समस्याबाट बच्न सकिन्छ ।

यस क्षेत्रलाई सफा गर्दा साबुनको प्रयोग भने धेरै गर्नु हुँदैन । साबुन प्रयोग गर्दा सुक्खापन, जलन र पीएच सन्तुलन (३.५ देखि ४.५) बिग्रिन सक्छ । शरीरको यस भागमा पाइने तन्तुहरू धेरै संवेदनशील हुन्छन् । तसर्थ, साबुनको प्रयोग गरेर इन्टिमेट एरियाको धेरै सरसफाइ गर्दा समस्या उत्पन्न हुनसक्छ ।

इन्टिमेट हाइजिनमा ध्यान दिने तरिका

– हरेक महिलाले दिनमा कम्तीमा दुई पटक आफ्नो इन्टिमेट एरियालाई राम्ररी सफा गर्नुपर्छ । यस क्षेत्रको छालामा धेरै तातो पानी, कडा साबुन आदि प्रयोग गर्नु हुँदैन । सधैं कोमल र हल्का उत्पादनहरू मात्र प्रयोग गर्नुपर्छ ।

– इन्टिमेट एरिया सफा गर्ने पानी धेरै तातो वा चिसो हुनु हुँदैन । मनतातो सफा पानी प्रयोग गर्नुपर्छ ।

– यस क्षेत्रको छाला सधैं सुक्खा राख्नुपर्छ । जसका लागि इन्टिमेट एरियालाई सधैं बिस्तारै धुनुपर्छ वा पुछ्नुपर्छ । तौलियाले बेस्सरी पुछेमा भने संवेदनशील तन्तुहरू क्षतिग्रस्त हुन सक्छन् ।

– इन्टिमेट एरिया सफा गर्न सुगन्ध थपिएको कुनै पनि उत्पादन प्रयोग गर्नु हुँदैन । यी उत्पादनमा सुगन्धका लागि विभिन्न रसायन थपिन्छन्, जुन योनीको स्वच्छताको लागि राम्रो हुँदैन ।

– सधैं सुतीको अन्डरवेयर प्रयोग गर्नुपर्छ । ‘जर्नल ओब्स्टेट्रिक्स एण्ड गाइनोकोलोजी’मा प्रकाशित एक अध्ययनअनुसार सिंथेटिक अन्डरवेयर योनीमा संक्रमणको जोखिम बढाउँछ ।

– अन्डरगार्मेन्टको सरसफाइमा पनि ध्यान दिनुपर्छ ।  तिनीहरूलाई सधैं राम्रो डिटरजेन्टले धोएर र घाममा सुकाउनुपर्छ, ताकि तिनीहरूमा रहेका ब्याक्टेरियाहरू नष्ट हुन्छन् ।

– यदि सम्भव छ भने रातमा अन्डरवेयर बिना वा खुकुलो खालको अन्डरवेयर लगाएर सुत्नुपर्छ ।

– महिनावारी हुँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म प्रत्येक चार घण्टामा सेनिटरी प्याड परिवर्तन गर्नुपर्छ ।

– धेरै टाइट लुगा लगाउनु हुँदैन । टाइट लुगाले इन्टिमेट एरियामा हावा प्रवाह रोक्छ र संक्रमणको जोखिम हुन्छ ।

– योनीबाट दुर्गन्धित पानी बग्ने, चिलाउने समस्या छ भने जतिसक्दो चाँडो चिकित्सकसँग परामर्श लिएर उपचार गर्नुपर्छ ।

‘प्युबिक एरिया’गुप्ताङ्गको रौँ सफा गर्दा यी कुरामा ध्यान दिनुपर्छ

इन्टिमेट एरियाको सरसफाइसँगै गुप्ताङ्गको रौँ सफा गर्दा पनि ध्यान दिनुपर्छ । यदि त्यसलाई वाक्स, ट्रिम गर्नुहुन्छ भने ।  प्रत्येक पटक  ट्रिम गर्दा नयाँ रेजरको प्रयोग गर्नुपर्छ यसले सङ्क्रमणको जोखिम कम गर्छ ।

कपाल सेभ गर्नुअघि सफ्ट साबुन वा सेभिङ क्रिमको प्रयोग गर्नुपर्छ । यसले घर्षण कम गर्नेछ र काट्ने जोखिम पनि कम हुन्छ । प्युबिक एरियालाई पनि  दिनहुँ सफा गर्नुपर्छ । सरसफाइ गर्नाले धेरै प्रकारका सङ्क्रमणबाट बच्न सकिन्छ । अन्यथा प्युबिक एरियामा ब्याक्टेरिया अड्किएर रहन्छ र सङ्क्रमणको जोखिम हुन्छ ।

ध्यान दिनुपर्ने अन्य कुरा

इन्टिमेट एरिया सफा गर्नको लागि विभिन्न उत्पादनहरू बजारमा उपलब्ध छन् । ती उत्पादनहरूले यस क्षेत्रलाई सफा राख्न मद्दत गर्छन् ।  तर कुनै पनि उत्पादन किन्दा केही कुरालाई ध्यानमा राख्नुपर्छ ।

हाइपोएलर्जेनिक, साबुन रहित, पिएच अनुकूल, हल्का क्लिन्जर भएको उत्पादन छनोट गर्नुपर्छ । जसले कुनै हानि नगरी आफ्नो काम गर्छ ।  बजारमा इन्टिमेट हाइजिनको लागि  पर्याप्त मात्रामा मोइस्चराइजर भएको उत्पादन पनि पाइन्छ जसले गर्दा छाला सुख्खा हुने समस्याबाट पनि बचाउँछ ।

एजेन्सीको सहयोगमा

इन्टिमेट हाइजिन सरसफाइ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय