
९ वैशाख, सुर्खेत । रुकुम पश्चिम आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका–३ की स्थानीय ७० वर्षीया बुदी कामी रहेको प्रहरीले जनाएको छ ।
घर नजिकैको भड्नीगारे सामुदायिक वनमा लागेको आगो घरमा पस्दा बुदीको आइतबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका प्रहरी प्रमुख नवराज पोख्रेलले जानकारी दिए ।
‘नजिकैको सामुदायिक वनमा लागेको आगो घरमा पसेछ । घरभित्र सामान छुट्यो भनेर लिन जाँदा उहाँको मृत्यु भएको छ’, पोखरेलले भने ।
उनको घटनास्थलमै मृत्यु भएको हो । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ । प्रहरीका अनुसार त्यहाँ स्थानीयको थप तीन वटा घर पनि जलेका छन् ।
आइतबार साँझ भने आगो नियन्त्रणमा आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4