+

इन्जुरी टाइमको गोलबाट रियलले बार्सिलोनालाई हरायो

२०८१ वैशाख  १० गते ७:४३ २०८१ वैशाख १० गते ७:४३
इन्जुरी टाइमको गोलबाट रियलले बार्सिलोनालाई हरायो

१० वैशाख, काठमाडौ । जुड बेलिङ्घहमले इन्जुरी टाइममा गोल गरेपछि स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको खेलमा रियल मड्रिडले बार्सिलोनालाई ३-२ ले हराएको छ ।

घरेलु मैदानमा दुई पटक पछि परेको रियलले उत्कृष्ट पुनरागमन जितपछि दोस्रो स्थानको बार्सिलोनामाथि ११ अंकको अग्रता कायम गर्दै उपाधि होड बलियो बनाएको छ । लिगमा अब ६ खेल बाँकी छ र त्यसमा ३ खेल मात्र जिते रियल च्याम्पियन बन्नेछ ।

खेलको छैटौं मिनेटमै आन्दरेस क्रिस्टेनसेनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर १८औं मिनेटमा भिनिसयस जुनियरले पेनाल्टीमा गोल गर्दै खेल बराबरी गरे ।

दोस्रो हाफमा पनि बार्सिलोनाले नै अग्रता लिएको थियो । ६९औं मिनेटमा फर्मिन लोपेजले गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाएका थिए । तर जोगाउन सकेन । ७३औं मिनेटमा रियलका लागि लुकास भज्क्वेजले बराबरी गोल फर्काए ।

बराबरीतर्फ अग्रसर भएको खेलको इन्जुरी टाइमको पहिलो मिनेटमा बेलिङघहमले गोल गरेपछि रियलले रोमाञ्चक जित हात पारेको हो ।

जितपछि रियलको ३२ खेलबाट ८१ अंक भएको छ । समान खेलबाट बार्सिलोनाको ७० अंक छ ।

स्पानिस ला लिगा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय