
१० वैशाख, काठमाडौं । सोमबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ३८ हजार २ सय रुपैयाँमा झरेको हो ।
आइतबार र शुक्रबार सुन प्रतितोला १ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो, जुन मूल्य हालसम्मकै उच्च हो ।
चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७०५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4