
१० वैशाख, गुल्मी । गुल्मीमा आफ्नै घरमा आगो लगाएको आरोपमा एक जना पक्राउ परेका छन् ।
जिल्लाको धुर्कोट गाउँपालिका–६ रजस्थलका ५९ वर्षका रेखबहादुर परियारलाई आफ्नै घरमा आगो लगाएको प्रहरीको भनाइ छ ।
आइतबार राति मादक पदार्थ सेवन गरेर उनले आफ्नै घरमा आगो लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेल बताए । परियारले आफ्नो घरमा आगो लगाएपछि छिमेकीको घरमा पनि आगो लगाइदिने धम्की दिएको उनले बताए ।
आगलागीबाट घरभित्र रहेको अन्नपात, लत्ताकपडा, समेत जली घर पूर्ण रुपमा क्षति भएको छ । गुल्मीमा पछिल्लो एक सातामा आगलागीबाट झण्डै १०० घरगोठ र त्यत्तिकै संख्यामा पशु चौपाया मरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4