१० बैशाख, काठमाडौं । समीक्षा मगरले दुई गोल गरेपछि कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा सोमबार सुदूरपश्चिम प्रदेशलाई २-१ ले पराजित गरेको छ ।
प्रतियोगितामा कोशीको यो लगातार दोस्रो जित हो ।
सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली स्टेडियममा भएको खेलमा समीक्षाले खेलको नवौँ मिनेटमा पहिलो गोल गरिन् भने पहिलो हाफको इन्जुरी टाइममा व्यक्तिगत दोस्रो गोल थपिन् ।
सुदूरपश्चिमका लागि यशोदा चिरालले ४९औं मिनेटमा गोल गर्दै गोल अन्तर कम पारेकी थिइन् । तर त्यसपछि थप गोल नहुँदा कोशीले जित हात पार्यो ।
पहिलो खेलमा कर्णाली प्रदेशलाई ३–० ले पराजित गरेको कोशीले लगातार दुई जितपछि ६ अंक जोडेको छ । पहिलो खेलमा गण्डकी प्रदेशलाई ५–१ ले हराएको सुदूरपश्चिमको यो पहिलो हार हो ।
प्रतिक्रिया 4