+
+

धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टकबहादुर रुवाली

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १० गते १८:१७

१० वैशाख, काठमाडौं । धादिङबाट अमेरिका गएर बसोबास गर्दै आएकाहरूको साझा संस्था धादिङ नेपाली समाज अमेरिकाको अध्यक्षमा टकबहादुर रुवाली चयन भएका छन् ।

आइतबार सम्पन्न तेस्रो अधिवेशनबाट अध्यक्षमा त्रिपुरासुन्दरीका रुवाली चयन हुँदा वरिष्ठ उपाध्यक्षमा गंगाजमुनाका हिमाल (सागर) अधिकारी, उपाध्यक्षमा गणेश लम्साल, महासचिवमा राम मल्ल ठकुरी, सचिवमा निरज अमात्य, कोषाध्यक्षमा बलराम श्रेष्ठ र सह–कोषाध्यक्षमा हरि गिरी चयन भए ।

यस्तै सदस्यहरूमा विक्रम अधिकारी, बुद्धिमान बज्राचार्य, देवेन्द्र गिरी, जनक गुरुङ, कुमार ढकाल, रविन बिडारी, रामचन्द्र उप्रेती, सन्तोष लम्साल, सुदेष्ण अधिकारी, टेकमान गुरुङ, उत्तमराज अधिकारी, दिनेश नहर्की चयन भएका छन् ।

नयाँ कार्यसमिति गठनका लागि निर्वाचन प्रमुखमा रामहरि अधिकारी र सदस्यद्वयमा दिवाकर पाण्डे र कुलप्रसाद गौली रहेका थिए ।

धादिङमा सामाजिक क्षेत्रमा योगदान गर्दै आइरहेको समाजको आजिवन सदस्य ९१ जना र साधारण सदस्य ३ सय ९५ रहे पनि अमेरिकामा धादिङबाट गएर बसोबास गर्नेको संख्या करिब ३ हजारको हाराहारीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?