+
+

सीईडीबी हाइड्रोपावरको बोनस सेयर घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ९:०२

११ वैशाख, काठमाडौं । सीईडीबी हाइड्रोपावर कम्पनीले सेयरधनीका लागि बोनस सेयर प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । साथै बोनस सेयरका लागि कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश पनि दिने भएको छ ।

सो प्रस्ताव पारित गर्नका लागि वैशाख ३१ गते साधारणसभा आह्वान गरेको छ । साधारणसभामा सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकहरुको निर्वाचन पनि गर्न भएको छ ।

साधारणसभाका लागि वैशाख १९ गते सेयरधनी दर्ता पुस्तिका बन्द रहने कम्पनीद्वारा जारी सार्वजनिक सूचनामा उल्लेख छ । वैशाख १८ गतेसम्म कायम सेयरधनीले बोनस सेयर र साधारणसभामा भाग लिन पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?