+
+

ट्याक्टर दुर्घटनामा गम्भीर घाइते चन्द्रवीरको उपचारमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते ११:३३

११ वैशाख, काठमाडौं । ट्याक्टर दुर्घटनामा परेर घाइते भएका रामेछपाका एक युवाको उपचारमा समस्या भएको छ । ट्याक्टर दुर्घटनामा परी गम्भीर घाइते भएका रामेछाप नगरपालिका–९ का २१ वर्षीय चन्द्रवीर शाहीको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो ।

२ महिना अघि रामेछापमा भएको दुर्घटनमा घाइते भएका शाहीको उपचारमा समस्या भएपछि परिवारले आर्थिक सहयोग गरिदिन आग्रह गरेको छ ।

शाहीको मस्तिष्क र मेरुदण्दमा गम्भीर चोट लागेको परिवारले जनाएको छ । उनको २ महिना यता राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

घरको आर्थिक स्थिति कमजोर भएकाले उपचार गर्न समस्या भएको उनका आफन्त दाइ नाता पर्ने कुशुम शाहीले बताए । ‘टाउको र मेरुदण्डमा चोट लागेर अवस्था गम्भीर छ’, उनले भने, ‘उपचार खर्च धेरै भएकाले समस्या भइरहेको छ । २ महिनादेखिको उधारो औषधिको पैसा पनि तिर्नै बाँकी छ ।’

उनले थप उपचारका लागि करिब ५ लाख आवश्यक परेको बताए । ‘डाक्टरले हेरचाह केन्द्रमा राख्न भन्नु भएको छ’, उनले भने, ‘त्यसको दैनिक खर्चमात्र २ हजार आउँछ ।’

५ वर्षमा अघि पनि चन्द्रवीरका साइँला दाइ रोमबहादुर शाही ट्रयाक्टर दुर्घटनामा घाइते भएका थिए । त्यस्तै आमा विमला शाही पनि ढाड भाचिएर केही समय अघिसम्म उपचारत थिइन् । ‘आमाको उपचारमा मात्र ६ देखि ७ लाख खर्च भइसकेको छ’, उनले भने, ‘अहिले छोरा पनि घाइते भएपछि परिवारसँग उपचार गर्ने पैसा अभाव छ ।’

उनले लक्ष्मी सनराइज बैंकको कुशुम शाही नामको 07120006914 नम्बर खाताबाट आर्थिक सहयोग गर्न सकिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?