
११ वैशाख, काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदैछन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा आउन लागेका थानीलाई स्वागत गर्न सरकारले आज सार्वजनिक बिदा नै दिएको छ ।
उनको सुरक्षाको लागि काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा बनाइएको छ । सडकमा स्वागतद्वारहरू राखिएको छ ।
केही बेरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका कतारी राष्ट्रप्रमुखको स्वागतमा ठाउँठाउँमा सांस्कृतिक भेषभूषा लगाएका नागरिकहरू उपस्थित भएका छन् ।
काठमाडौंको तीनकुनेमा आर्यन धिमालले खिचेका केही तस्वीर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4