+
+

सौगातले भुजुङ गाउँबाट थाले ‘भाइरल गोर्खे’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख ११ गते १७:०६

काठमाडौं । अभिनेता सौगात मल्लले आगामी फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङदेखि थालेका छन् । ‘छड्के’ फेम्ड निगम श्रेष्ठले निर्देशन गर्ने यो कमेडी फिल्मको मंगलबार भुजुङ गाउँमा शुभसाइत पूजा गरियो ।

मुहूर्त समारोहमा अभिनेता मल्लसहित लक्ष्मी गिरी, निर्देशक श्रेष्ठ, निर्माता महेश लामिछाने सहभागि थिए । सामाजिक संजालले समाजमा पारेको सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा फिल्म बन्न लागेको जनाइएको छ ।

अभिनेता मल्लले आफूले दर्शकलाई सँधै नयाँ स्वाद दिन खोजेको बताए । सामान्य कथालाई रोचक ढंगले बुनिएको कथा भएकाले या फिल्मलाई दर्शकले रुचाउने उनको विश्वास छ ।

अभिनेत्री लक्ष्मी गिरीले फिल्म रमाइलो बन्ने बताइन् । फिल्ममा लक्ष्मीले सौगातको पात्रको आमाको भूमिका निर्वाह गर्नेछिन् । फिल्ममा सृष्टि श्रेष्ठ, बुद्धि तामाङको पनि अभिनय हुनेछ ।

लामिछाने र विशाला ताम्राकारको निर्माण रहने फिल्ममा अमर महर्जनको छायांकन रहनेछ । द जिएमआई एकेडेमी र निर्भना फिल्म स्कुलको ब्यानरमा बन्ने फिल्मको छायांकन लमजुङसहित गोरखा र चितवनमा पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?