+
+

ऋषि धमलाले साइन गरे फिल्म ‘भाइरल गोर्खे’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १३:३८

काठमाडौं । सौगात मल्ल स्टारर कमेडी–ड्रामा ‘भाइरल गोर्खे’को शीर्षमध्येको एक भूमिकामा सञ्चारकर्मी तथा ऋषि धमला अनुबन्धित भएका छन् । बिहीबार निर्माता र धमलाबीच लिखित सहमति भएको छ ।

उनी फिल्ममा पत्रकारको महत्वपूर्ण भूमिकामा देखिन लागेको निर्देशक निगम श्रेष्ठले अनलाइनखबरलाई जानकारी दिए । धमलाको यो पहिलो फिल्म भने होइन । उनले यसअघि माल्भिका सुब्बाले निर्माण गरेको ‘हाउ फन्नी’मा अभिनय गरिसकेका छन् ।

धमलाले यसअघि आफ्नी पत्नी एलिजाको शीर्ष भूमिका रहेको फिल्म ‘अनुराग’को निर्माण गरेका थिए । ‘भाइरल गोर्खे’को कुरा गर्दा यो फिल्मको छायांकन यसैसातादेखि लमजुङको भुजुङमा सुरु भएको छ । यसमा सौगातसहित सृष्टि श्रेष्ठको शीर्ष भूमिका छ ।

सामाजिक सञ्जालले पार्ने सकारात्मक र नकारात्मक प्रभावको कथावस्तुमा फिल्म बन्न लागेको हो । निर्देशक श्रेष्ठ ‘छड्के २’ पछि निर्देशनमा फर्किन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?