+
+

इन्स्टाग्रामको युजरनेम कसरी बदल्ने ?

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १३ गते १५:००

काठमाडौं । हुन त लोकप्रिय सोसल मिडिया प्लाटफर्म इन्स्टाग्रामबारे तपाईं हामीलाई धेरै कुरा बताउनु नपर्ला !

टिकटक प्रतिबन्धपछि ‘रिल्स’को लोकप्रियताले इन्स्टाग्रामसँग हामीलाई झनै परिचित बनाएको छ । ‘रिल्स’आउनुअघि पनि फोटो सेयरिङ एप इन्स्टाग्रामको लोकप्रियता कम थिएन ।

यदि तपाईं पनि इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ तर त्यसमा आफ्नो युजरनेम चित्त नबुझिरहेको हुनसक्छ । यस्तोमा तपाईंले इन्स्टाग्राममा रहेको आफ्नो युजरनेम बदल्न सक्नुहुन्छ । त्यसका लागि निम्नानुसारको विधि अपनाउन सक्नुहुन्छ :

  • सबैभन्दा पहिले इन्स्टाग्राम एप खोल्नुहोस्,
  • Edit Profile सेक्सनमा जानुहोस्,
  • त्यसपछि तपाईंको नामको तलपट्टि इन्स्टाग्रामको आफ्नो Username देखिनेछ,
  • त्यसमा क्लिक गरेर नाम सम्पादन गर्नुहोस्,
  • त्यसरी युजरनेम बद्लिसकेपछि त्यसलाई Save गर्नुहोस् । तपाईंले जुन Username छान्नुहुन्छ, यदि त्यसलाई अरु कसैले नलिएको भएमा त्यो तपाईंलाई प्राप्त हुनेछ ।
    -एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?