
प्रतिकात्मक तस्वीर ।
१४ वैशाख, काठमाडौं । काठमाडौंको ठूलो भर्याङबाट एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
नक्कली परीक्षार्थी बनेर कक्षा १२ को अंग्रेजी विषयको परीक्षा दिएको आरोपमा जाजरकोटको छेडागाड नगरपालिका-५ घर भई काठमाडौं बागबजार बस्दै आएका २३ वर्षीय आदेशजंग शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।
नागार्जुन नगरपालिका-३ ठूलो भर्याङस्थित रेन्बो इन्टरनेसनल कलेजमा शाहीले टंकबहादुर घर्तीको परीक्षा दिएको पाएपछि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
घर्तीको प्रवेश पत्रमा आफ्नो फोटो टाँस गरेर शाहीले परीक्षा हलमा प्रवेश गरेपछि बिहान सवा ८ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4