+

महिला लिग छनोटमा कोशीको लगातार चौथो जित

२०८१ वैशाख  १४ गते १३:२२ २०८१ वैशाख १४ गते १३:२२
महिला लिग छनोटमा कोशीको लगातार चौथो जित

१४ वैशाख, काठमाडौं । कोशी प्रदेशले एन्फा महिला लिग छनोटमा लगातार चौथो जित हात पारेको छ ।

सुर्खेतस्थित कर्णाली स्टेडियममा शुक्रबार बिहान भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई ३–० ले पराजित गरेको हो ।

कोशीका लागि मनीता तुमरोकले ३९औं र ५७औं मिनेटमा गोल गरिन् । त्यसअघि सञ्जुमाया तामाङले २३औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् ।

लगातार चौथो जितपछि कोशी ४ खेलबाट १२ अंक जोडेर शीर्ष स्थानमा रहँदै राष्ट्रिय महिला लिगको छनोट नजिक पुगेको छ । कोशीले यसअघि कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशलाई पराजित गरेको थियो । कोशीले अब बागमती र मधेश प्रदेशसँग खेल्न बाँकी छ ।

कोशीले अब बाँकी दुईमध्ये एक खेल मात्र जिते पुग्नेछ । दुवै खेल हारे पनि अन्य खेलको नतिजाबाट कोशी शीर्ष तीनमा रहेर महिला लिगमा छनोट हुन सक्नेछ ।

दोस्रो हार व्यहोरेको लुम्बिनी ३ खेलबाट ३ अंकसहित पाँचौं स्थानमा छ ।

सात प्रदेशको सहभागिता रहेको छनोट प्रतियोगिताबाट शीर्ष तीन टोली राष्ट्रिय महिला लिगका लागि छनोट हुनेछन् ।

कोशी महिला लिग छनोट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय