+
+
उपनिर्वाचन :

अपडेट : इलाममा २२ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते ११:१३
मतदान गरेपछि महेन्द्र रत्न बहुमुखी क्याम्पसको गेटमा जम्काभेट भएका एमालेका उम्मेदवार सुहाङ नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बर खड्का हात मिलाउँदै ।

१५ वैशाख, इलाम । इलाम २ को उपचिर्वाचनमा २२ प्रतिशत मत खसेको छ ।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बिहान ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताए ।

विभिन्न केन्द्रहरुमा कुनैमा २० त कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले अनलाइनखबलाई बताए । उनले भने, ‘कुनैमा १८/२० त कुनैमा २२/२४ प्रतिशत मत खसेको अनुमान गरिएको छ ।’

इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आंकलन गरिएको छ ।

इलाम-२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?