+
+

इलाममा साढे ४ बजेसम्म ५५ प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १५ गते १६:५५

१५ वैशाख, इलाम । इलाम २ को उपनिर्वाचनमा ५५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले हालसम्म ५५ प्रतिशत मतदान भएको बताए ।

विभिन्न केन्द्रहरुमा कुनैमा कम त कुनैमा धेरै मत खसेकोले अनुमानित ५५ प्रतिशत मतदान भएको घिमिरेले अनलाइनखबलाई जानकारी दिए ।

दिउँसो ४ः३० बजेसम्म इलाममा सो मत खसेको हो । दिउँसो ३ बजेसम्म ४० प्रतिशत, दिउसो १ बजेसम्म ४० प्रतिशत र बिहान ११ बजे सम्म २२ प्रतिशत मत खसेको थियो । इलामको ६ वटा पालिकाको ४२ वटा वडामा १४९ मतदान केन्द्र छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?