+

रोमाञ्चक खेलमा दिल्लीसँग मुम्बई पराजित

२०८१ वैशाख  १५ गते २०:०१ २०८१ वैशाख १५ गते २०:०१
रोमाञ्चक खेलमा दिल्लीसँग मुम्बई पराजित

१५ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दिल्ली क्यापिटल्सले मुम्बई इण्डियन्सलाई १० रनले पराजित गरेको छ ।

दिल्लीले दिएको २५८ रनको लक्ष्य पछ्याएको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रनमात्र बनाउन सक्यो ।

मुम्बईका लागि तिलक वर्माले ३२ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६३ रन जोडे । त्यस्तै हार्दिक पाण्ड्याले ४६, टिम डेभिडले ३७, सूर्यकुमार यादवले २६, इशान किसानले २०, पियुष चावलाले १०, रोहित शर्माले ८, मोहम्मद नाबीले ७ र नेहाल वाधेराले ४ रनको योगदान गरे ।

दिल्लीका रसिक सलाम र मुकेश कुमारले ३/३ तथा खलिल अहमदले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २५७ रन बनाएको थियो । उसका ओपनर जेक फ्रेजरले २७ बलमा ११ चौका र ६ छक्काको मद्दतमा ८४ रनको योगदान गरे । त्यस्तै त्रिस्तन स्तब्सले ४८, साइ होपले ४१, अभिषेक पोरेलले ३६, रिषभ पन्तले २९ र अक्सर पटेलले ११ रनको योगदान गरे ।

बलिङतर्फ मुम्बईका लुक वुड, जसप्रित बुम्राह, पियुष चावला र मोहम्मद नाबीले १/१ विकेट लिए ।

आईपीएल दिल्ली क्यापिटल्स मुम्बई इण्डियन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय