
१६ वैशाख, धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा मतपेटिका संकलनको काम सकिएको छ ।
साइपाल गाउँपालिका अन्तर्गत पर्ने मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत आइतबार बिहान सदरमुकाम चैनपुर पुर्याइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतपेटिका संकलन गरेपछि सर्वदलीय बैठक बोलाएको छ । जारी बैठकले मत गणना सम्बन्धी आचारसंहिता बनाउने छ ।
त्यस लगत्तै मत गणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
शनिबार भएको निर्वाचनमा ४९.१२ प्रतिशत मत खसेको थियो । प्रदेश सभा सदस्यमा ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4