+
+

वात्सल्य नेचुरल आईभीएफको सफलता : एक महिनामै १२९ दम्पतीलाई सन्तान सुख

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १३:०७

काठमाडौं । नेपालको नम्बर १ आईभीएफ वात्सल्य नेचुरलले एक महिना १२९ दम्पतीलाई सन्तान सुख दिएको छ ।

वात्सल्य नेचुरलले आईभीएफ र आईयूआईको माध्यमबाट सन्तान प्राप्तिको सेवा दिँदै आएको छ । यसैक्रममा वात्सल्य नेचुरलले पछिल्लो एक महिनामा १२९ दम्पतीलाई सन्तान सुख दिन सफल भएको एमब्रियोलोजी ल्याब डाइरेक्टर सुरेश यादवले जानकारी दिए ।

वात्सल्य नेचुरलमा पछिल्लो तीन महिनामा आईभीएफको औसत सफलता ७०. ८८ प्रतिशत रहेको उनले बताए । जबकी विश्वव्यापी रुपमा आईभीएफको औसत सफलता ३० देखि ६० प्रतिशतको आसपास रहेको बताइन्छ ।

पछिल्लो तीन महिनामा वात्सल्य नेचुरलले ३६८ जना दम्पतीलाई सन्तान सुख दिएको यादवले बताए ।

यादवले लामो समयसम्म प्राकृतिक किसिमले सन्तान प्राप्त नभएमा  एसिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी (एआरटी) को मध्यमबाट सन्तान प्राप्त गर्न सकिने र वात्सल्यले सोहि सेवा दिइरहेको बताए ।

एआरटी टेक्नोलोजीलाई सामान्य भाषामा बुझ्दा प्रविधिको मध्यमबाट सन्तानप्राप्तिको बाटो सरल बनाउनु हो भनेर बुझ्न सकिन्छ । यस अन्तर्गत आईयूआई र आईभीएफ प्रविधि अपनाउन सकिन्छ ।

आईयूआई अन्तर्गत महिलामा कुनै गडबडी नभएमा पुरुषको शुक्रकिटलाई वाश गरेर महिलाको गर्भनलीमा हालिन्छ र त्यो विस्तारै विकसित हुँदै जान्छ ।

त्यस्तै आईभीएफमा पुरुष र महिलाबाट निकालिएको शुक्रकिट र डिम्बलाई राम्ररी छनोट र विकास गरी बाह्यरुपमा निषेचन गरिन्छ र त्यसलाई महिलाको पाठेघरमा स्थानान्तरण गरिन्छ । यसले गर्दा गर्भनली बन्द भएको वा कुनै प्रजनन् अङ्गमा समस्या भएको महिलाले पनि सन्तान पाउन सक्छन् ।

वात्सल्य नेचुरलले अहिलेसम्म आईयूआई प्रविधिबाट २००० र आईभीएफ प्रविधिबाट ४०००  दम्पतीलाई सन्तान सुख दिइसकेको यादवले बताए ।

त्यसैगरी वात्सल्य नेचुरलले काठमाडौंसहित नेपालगञ्ज, पोखरा, चितवन, विराटनगर र बुटवलमा पनि पूर्ण सुविधासहित सेवा विस्तार गर्न लागेको प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले जानकारी दिए ।

वात्सल्य नेचुरलले निसन्तान वा गर्भधारण सम्बन्धी कुनै पनि उपचार र सल्लाह सुझाव विशेषज्ञ चिकित्सकबाट उपलब्ध गराउँदै आएको सुवेदीले बताए ।

‘वात्सल्यमा हामी हेरेक सेवाग्राहीको अवस्थालाई राम्ररी अध्ययन गर्छौं र त्यस अनुरुपकै उपचार गर्छौं । उनीहरूलाई सहज महसुस गराउने, मित्रवत व्यवहार गर्ने र आईभीएफ को चक्रको पूर्ण अवस्थामा हरेक सल्लाह उपलब्ध गराउने काममा हामी पूर्णरुपमा सजग रहन्छौं त्यसैले हाम्रो सफलता दर पनि उच्च छ,’  सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?