
१६ वैशाख, काठमाडौं । त्रिवि मैदान कीर्तिपुरमा जारी टी–२० क्रिकेटमा वेष्ट इण्डिज ‘ए’ विरुद्ध नेपालको पाँचौं विकेट गुमेको छ ।
८.२ ओभरमा गुल्शन झा बोल्ड आउट भएका हुन् । दुई छक्का र तीन चौकासहित ११ बलमा २६ रन जोड्दै झा आउट भए ।
लगातार विकेट गुमिरहँदा नेपाल दबाबमा परेको छ । यसअघि नेपालका लोकेश बम, कुशल भुर्तेल, अनिल साह र कुशल मल्ल आउट भएका छन् ।
१६१ रनको लक्ष्य पछ्याएको नेपालले ९ ओभरमा पाँच विकेट गुमाएर ६७ रन बनाएको छ ।
क्रिजमा कप्तान रोहितकुमार पौडेल र आरिफ सेख क्रिजमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4