+
+
इलाम-२ :

प्रारम्भिक गणनामा नेमकिपाले एक भोट पाउँदा एकीकृत समाजवादीको खाता खुलेन

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १६ गते १५:२९

१६ वैशाख, इलाम । इलाम-२ को उपचुनावमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ ।

फाकफोथुम गाउँपालिका–१ वडाको गणना सकिदा १५२१ मत सदर भएको छ । सदर मध्ये कांग्रेसका डम्बरबहादुर खड्काले ६५७ मत र नेकपा एमालेका सुहाङ नेम्वाङले ५३४ मत पाएका छन् ।

तेस्रोमा स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले १८७ र राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ११५ मत पाएका छन् । पाँच जना उम्मेदवारले भने खाता खोल्न सकेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, स्वतन्त्र उम्मेदवारहरु धनराज राना मगर, जयवन्त विक्रम शाही, डाकप्रसाद गौतम र मनोज निरौलाले एक भोट पनि पाउन सकेनन् ।

सुरुवाति नतिजामा अरु उम्मेदवारले पनि दोहोरो अंकमा मत पाउन सकेनन् । राप्रपाका लक्ष्मी गुरुङले ४, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङले ३, नेमकिपाका श्यामबहादुर दर्जीले एक मत पाएका छन् ।

यस्तै रशेमबहादुर सुनारले ३, गणेशबहादुर चौहानले एक, मनिबहादुर लिम्बूले एक, दीपेश बोहोराले ९, राज बस्यालले २ र योगेन्द्र गुरुङले एक मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?