
१६ वैशाख, काठमाडौं । हवाई टिकट मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ परेकी छन् ।
तारकेश्वर नगरपालिका–५ कि २९ वर्षीया सुनिता लामिछानेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शुक्रबार गोकर्णेश्वरको नमूना बस्तीबाट पक्राउ गरेको हो ।
फेसबुकमार्फत चिनजान भएका व्यक्तिहरूलाई उनले सस्तोमा हवाई टिकट मिलाइदिने भन्दै ठगी गर्दै आएकी थिइन् । उनले बागबजारमा ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गर्दै आएको खुलेको छ ।
अहिलेसम्म उनले ८ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ । सस्तोमा हवाई टिकट भन्दै नक्कली हवाई टिकट दिएर ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए ।
उनीविरुद्ध बैंकिङ कसुरका तीन वटा मुद्दासमेत जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको खुलेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4