+

प्रिमियर लिग उपाधि होडमा आर्सनल र सिटीको टक्कर

२०८१ वैशाख  १७ गते ८:०३ २०८१ वैशाख १७ गते ८:०३
प्रिमियर लिग उपाधि होडमा आर्सनल र सिटीको टक्कर

१७ वैशाख, काठमाडौं । प्रिमियर लिगमा आइतबार शीर्ष २ मा रहेका आर्सनल र म्यानचेष्टर सिटी दुवैले जित हात पारे । सिटीले नटिङहम फरेस्टलाई २-० ले सहजै पराजित गर्दा आर्सनलले भने लण्डन राइभल टोटनहमलाई पराजित गर्न चुनौती सामना गर्नुपर्‍यो ।

अन्तिममा आर्सनलले टोटनहमलाई ३-२ ले हराएर ३ अंक जोड्न सफल भयो ।

टोटनहमका पिएरे एमिल होएभर्गले आत्मघाती गोल गरेपछि आर्सनलले १५औं मिनेटमा अग्रता लिएको थियो । बुकायो साकाले २७औं र काइ हाभार्ट्सले ३८औं मिनेटमा गोल गरेपछि बर्सनलले पहिलो हाफमै ३ गोलको अग्रता बनाएको थियो ।

टोटनहमका लागि क्रिस्टियन रोमेरो र सन मिन हेउङले दोस्रो हाफमा गोल गरेपनि हार टार्न सकेन ।

जितपछि आर्सनलको ३५ खेलबाट ८० अंक भएको छ । सिटी आर्सनल भन्दा एक अंकले मात्र पछि छ । एक खेल अझै कम खेलेको सिटी ३४ खेलबाट ७९ अंकसहित दोस्रो स्थानमा छ । सिटीलाई जित दिलाउन जस्को गार्भिओल र एर्लिङ हालान्डले गोल गरे ।

आर्सनल प्रिमियर लिग म्यानचेष्टर सिटी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय