+
+
इलाम-२ :

सुहाङलाई तीन हजार बढीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १७ गते ९:५८

१७ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्‍याएका छन् ।

सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् ।

सुहाङले १० हजार ३ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।

पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन् ।

रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत पाएका छन् ।

इलाम-२ मा तत्कालीन प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।  उपनिर्वाचनमा १९ जना उम्मेवार मैदानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?