
१७ वैशाख, काठमाडौं । भिजिट भिसामा विदेश पठाउने भन्दै विभिन्न व्यक्तिबाट करिब ८२ लाख रुपैयाँ ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
ठगी गरेर फरार रहेका बाँके खजुरा गाउँपालिका–६ सिमलघारीका ३० वर्षीय कमल विश्वकर्मा दुबईमा पक्राउ परेका हुन् ।
नेपाल प्रहरीले इन्टरपोलको सहयोगमा विश्वकर्मालाई दुबईमा पक्राउ गरी नेपाल ल्याएको छ ।
वैदेशिक रोजगार विभागका अनुसार विश्वकर्माले भिजिट भिसामा दुबई पुर्याइदिने भन्दै विभिन्न व्यक्तिबाट ८२ लाख रुपैयाँ बराबर ठगी गरेको उजुरी परेको छ । उनीविरुद्ध ०७९ असार १२ गते १८ जनाले ठगी गरेको भन्दै विभागमा उजुरी दिएका थिए ।
वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार उजुरी लगत्तै विश्वकर्मालाई पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4