
१७ वैशाख, काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उदयपुरबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१६ सिरवानीका ३१ वर्षीय सन्तोष राई छन् ।
ललितपुरमा बालिका बलात्कार गरेर फरार भएपछि उदयपुर प्रहरीको सहयोगमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।
राईले १ वैशाखमा राति ९ बजेको समयमा गोदावरीस्थित एक टहरोमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेको छ । १४ वैशाखमा पक्राउ गरेर ललितपुर ल्याइएका राईविरुद्ध ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
प्रहरी वृत्त चापागाउँले उनीविरुद्ध बलात्कारको कसुरमा अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4