
काठमाडौं । नेपालका लागि अनरको एक मात्र अधिकारिक बिक्रेता सेलट्रोन नेपाल प्रालिले विश्व इन्नोभेसन दिवसको अवसर पारेर अहिलेसम्मकै पातलो र हलुका फ़ोल्डेबल ‘अनर म्याजिक भी२’ सार्वजनिक गरेको छ ।
यो सार्वजनिकीकरणलाई कम्पनीले विश्व इन्नोभेसन दिवसमा टेक्नोलोजी जगतलाई एउटा उत्कृष्ट उपहारको भएको उल्लेख गरेको छ ।
यो अहिलेसम्मको सबैभन्दा पातलो र हल्का फोल्ड गर्न मिल्ने पुस्तक शैलीको स्मार्टफोन भएको कम्पनीले जनाएको छ ।
के छन् विशेषता ?
अल्ट्रा-स्लिम, लाइटवेट डिजाइन
कम्पनीका अनुसार २३१ ग्राम तौल भएको र फोल्ड गर्दा ९.९ एमएम मोटाइ भएको ‘अनर म्याजिक भी२’ अहिलेसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड गर्न मिल्ने फोन हो ।
‘अनर म्याजिक भी२’ ले आफ्नो किसिमको पहिलो सुपर लाइट टाइटेनियम हिन्ज फिचर गर्दछ, जसले तौल र बलको बीचमा सही सन्तुलन प्रदान गर्दछ ।
यी उत्कृष्ट आविष्कारका साथमा ‘अनर म्याजिक भी२’ ले एसजीएस, एक विश्वव्यापी प्राधिकरणबाट प्रतिष्ठित स्थायित्व प्रमाणीकरण पाएको कम्पनीको भनाइ छ । १० वर्षसम्म दिनको १०० पटक फोल्ड गर्दा पनि केही नहुने वातावरण यसमा सिर्जना गरिएको कम्पनीको भनाइ छ ।
विस्तारित प्रदर्शन सफल गर्न सिलिकन-कार्बन ब्याट्री प्रविधि
कम्पनीका अनुसार ‘अनर म्याजिक भी२’ ले सबैभन्दा पातलो डुअल सिलिकन-कार्बन ब्याट्री २.७२ एमएमको औसत मोटाइको साथ डेब्यु गरेको छ ।
५००० एमएएचको ब्याट्री क्षमता र ६६ डब्ल्यू अनर सुपर चार्जलाई समर्थन गर्ने भएकोले ‘अनर म्याजिक भी२’ ले प्रयोगकर्तालाई निरन्तर चार्ज गर्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने कम्पनीको दाबी छ ।
डिस्प्लेका लागि अनरको मानव-केन्द्रित प्रविधि
‘अनर म्याजिक भी२’ ले आकर्षक फोल्डेबल ओलेड एलटीपीओ डिस्प्ले प्रदान गर्दछ, जसले १.०७ बिलियन रङ र असाधारण रंग सटिकताका लागि समर्थन सहित इमर्सिभ प्रयोगकर्ता अनुभव प्रदान गर्दछ ।
अनरको उद्योग-अग्रणी ३८४० हर्ज पीडब्ल्यूएम डिमिङ टेक्नोलोजीले आँखाको तनावलाई कम गर्दछ भने विस्तारित प्रयोगको बेला पनि आरामदायी दृश्य सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।
फोटोग्राफिक उत्कृष्टता क्षमताका क्यामेरा
‘अनर म्याजिक भी२’ ले स्मार्टफोन फोटोग्राफी र भिडियोग्राफीमा नयाँ मापदण्ड सेट गरेको छ । यसमा ५० एमपी मुख्य क्यामेरा (एफ/१.९), ५० एमपी अल्ट्रा-वाइड क्यामेरा (एफ/२.०) र २० एमपी टेलिफोटो क्यामेरा (एफ/२.४) समावेश भएको ट्रिपल रियर क्यामेरा सेटअप समावेश छ ।
प्रयोगकर्तालाई उच्च प्रकाश सेन्सिङ क्षमतासँग सभ्य फोटो उत्पादन गर्न अनुमति दिन्छ । फ्रन्ट-फेसिङ डुअल क्यामेरा सेटअपमा दुई वटा १६ एमपी क्यामेरा (एफ/२.२) रहेका छन् र सिर्जनाकर्तालाई सहजै तस्वीर खिच्न र उत्पादन गर्न विभिन्न क्याप्चर मोडहरू उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
पर्फर्मेन्स र सिस्टम
‘अनर म्याजिक भी२’, Qualcomm Snapdragon 8 Gen 2 र एन्ड्रोइड १३ मा आधारित म्याजिक ओएस ७.२ द्वारा सञ्चालित छ ।
यसले सामाजिक अन्तरक्रिया, जीवनशैली, मनोरञ्जन, सूचना, कार्यालय र यात्रा लगायत विभिन्न उपयोग परिदृश्यहरू अनुरूप सहज र सुविधायुक्त प्रयोगकर्ता अनुभव प्रदान गर्दछ भने यो (१६+५१२) जीबीको भेरियन्टमा उपलब्ध रहेको कम्पनीले बताएको छ ।
कति पर्छ मूल्य ?
कम्पनीका अनुसार ‘अनर म्याजिक भी२’ पर्पल र भेगन लेदर भएको ब्ल्याक गरी दुई सुन्दर रंगमा बजारमा उपलब्ध छन् ।
१६+५१२ जीबी भेरियन्टको बजार मूल्य २ लाख ३९ हजार ९९९ रुपैयाँ तोकिएको छ । आकर्षक अफर र उपहारसहित मंगलबारदेखि देशभरि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
लन्चिङ अफरहरू अर्ली बर्ड अफर, म्याजिक अफर र गो बियन्ड अफर गरी तीन प्रकारमा विभाजित छन् । ग्राहकहरूले यी तीन अफरमध्ये आफ्नो लागि उपयुक्त एउटा अफर छान्न सक्नेछन् । अर्ली बर्ड अफरमा अनर एक्स८बी र अनर च्वाइस इयरबड्स एक्स५ को निःशुल्क उपहार समावेश छ ।
म्याजिक अफरमा अनर वाच४, अनर च्वाइस इयरबड्स एक्स५ र योयोसो भौचर समावेश छ । त्यस्तै, गो बियन्ड अफरमा भेस्पाको छुट भौचर समावेश छ ।
ग्राहकहरूले यसलाई अफलाइन अधिकृत अनर स्टोरहरू र दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्महरू मार्फत पनि किन्न सक्नेछन् । कम्पनीका अनुसार यो अफर ५ मे २०२४ सम्म लागु हुनेछ ।
मोडेल | मूल्य (रु.) | लन्चिङ अफर र उपहार (कुनै एक) | |
‘अनर म्याजिक भी२’ (१६+५१२) जीबी |
२,३९,९९९/- | अर्ली बर्ड अफर | रु. २९,९९९/- मूल्यको अनर एक्स८बी |
रु. ५,४९९/- मूल्यको अनर च्वाइस इयरबड्स एक्स५ | |||
वा | |||
म्याजिक अफर | रु. २१,९९०/- मूल्यको अनर च्वाइस वाच४ | ||
रु. ५,४९९/-मूल्यको अनर च्वाइस इयरबड्स एक्स५ | |||
रु. १०,०००/- मूल्य बराबर योयोसो भौचर | |||
वा | |||
गो बियन्ड अफर | रु. ४००००/- छुट भौचर |
प्रतिक्रिया 4