+
+

रेसुङ्‍गामा पर्यटक भित्र्याउन विशेष अभियान चलाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १८ गते १३:२०

१८ वैशाख, काठमाडौं । गुल्मीको रेसुङ्‍गा नगरपालिकाले रेसुङ्‍गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवम् जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्‍गाको पर्यटन प्रवर्द्धनका लागि विशेष अभियान सुरु गर्ने भएको छ ।

कार्यक्रमबारे जानकारी दिन मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले सो जानकारी दिएको हो ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा हुने ‘जाउँ हिँड रेसुङ्‍गा’ विशेष प्रवर्द्धनात्मक अभियानको उद्घाटन २० वैशाखमा काठमाडौंबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम रहेको नगर प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

गुल्मी रेसुङ्‍गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने अभियान स्वरूप अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

प्राकृतिक, धार्मिक, ऐतिहासिक, पौराणिक विशेषताहरू रहेको रेसुङ्‍गामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन वर्षै भरि विभिन्न कार्यक्रम आयोजना गरिने पन्थीले जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले भौतिक पूर्वाधारको विकाससँगै रेसुङ्‍गाको प्रर्वद्धनका लागि प्याकेज निर्माण गर्न आग्रह गरे । उनले सो क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि बोर्डको सहयोग रहने बताए ।

बोर्डका अर्का निर्देशक लक्ष्मण गौतमले रेसुङ्‍गा तपोभूमि अध्यात्म र संस्कृतिले जति दिव्य छ त्यति प्राकृतिक सम्पदाले पनि भव्य रहेको उल्लेख गर्दै रेसुङ्‍गाको पर्यटन प्रर्वद्धन गर्दा छिमेकी जिल्लाहरूको समेत पर्यटन प्रर्वद्धन हुने बताए ।

कार्यक्रममा डा. नारायाचार्य तिसिमल्सेना (देवबाबा) ले गुल्मीको पर्यटन प्रर्वद्धनका लागि रुरु क्षेत्रको रेहको शालिग्रामको संरक्षण आवश्यक रहको बताउँदै शालिग्रामको संरक्षणको लागि ऐन बनाउनु पर्ने बताए ।

रेसुङ्‍गा भौगोलिक, जैविक र वानस्पतिक विविधताले भरिएको क्षेत्र हो । यो क्षेत्र क्षेत्रमा वन क्षेत्र, आश्रम, धर्मक्षेत्र, मठमन्दिर, पँधेरा, कुण्ड, पोखरी, जलस्रोत, पाटीपौवा, यज्ञशाला, धर्मशाला एवम् भग्नावशेष रहेका छन् । यस क्षेत्रमा दुर्लभ चरा, पुतली, सरिसृप एवम् स्तनधारी जीवहरू पाइने हुनाले जैविक विविधताले पनि यो क्षेत्र महत्वपूर्ण रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?