+

धेरै चिनी खाँदा शरीरमा पर्छ यी ५ असर

२०८१ वैशाख  २० गते १४:०० २०८१ वैशाख २० गते १४:००
धेरै चिनी खाँदा शरीरमा पर्छ यी ५ असर

धेरै चिनी खाँदा मधुमेहको जोखिम त छँदैछ, यसले अन्य स्वास्थ्य समस्या पनि निम्त्याउन सक्छ । पेय पदार्थ, मिठाइ, केक लगायत धेरै खानेकुरामा चिनीको प्रयोग गरिने भएकाले यसबाट सजिलै टाढा रहन पनि गाह्रै पर्छ ।

प्राकृतिक रुपमा पाइने फलफूल, मह, उखु जस्ता खानेकुरामा चिनीको मात्रा हुने भएकाले प्रशोधित चिनी सकेसम्म प्रयोग नगर्दा स्वास्थ्यका लागि फाइदाजनक छ । अत्यधिक चिनीको सेवनले शरीरलाई यी ५ किसिमले हानि गर्छ ।

कलेजोको समस्या हुने

चिनीको सेवन धेरै गर्नाले कलेजोमा समस्या हुनसक्छ । वास्तवमा जब हामी चिनी धेरै खान्छौं, तब शरीरमा बढी भएको चिनी फ्याटमा परिवर्तन हुन्छ । बढी भएको फ्याट कलेजोको आसपास जम्मा हुन्छ, जसले गर्दा कलेजो बिग्रिने जोखिम बढ्छ । यसले इन्सुलिन प्रतिरोध, डिस्लिपिडेमिया (अतिरिक्त ट्राइग्लिसराइड्स), उच्च रक्तचापको जोखिम बढाउँछ । जुन कलेजोको लागि पनि हानिकारक हुन्छ ।

चिनीले दिमागमा भ्रम पैदा गर्छ

अत्यधिक चिनी खाँदा शरीरलाई मात्रै नभएर मानसिक स्वास्थ्यलाई पनि असर गर्छ । चिनीले न्युरोट्रान्समिटरलाई असर गर्ने गर्छ र यसले गर्दा बिर्सिने समस्या र भ्रम पैदा हुने, अलमल हुने र मन बेचैन हुने हुनसक्छ, जसकारण डिमेन्सिया र अल्जाइमर्सजस्ता मानसिक समस्याको जोखिम हुन्छ ।

तौल बढ्ने

चिनीको अत्यधिक सेवनले शरीरमा बोसो जम्न पुग्छ, जसले मोटोपनको समस्या निम्त्याउँछ । किनकि चिनीमा भएको अत्यधिक क्यालोरीको कारण तौल बढ्छ । साथै क्यालोरी धेरै खाने र त्यसअनुसार शारीरिक व्यायाम नहुनाले तौल बढ्छ ।

बुढ्यौलीका लक्षण चाँडै देखिने

चिनीको सेवनले शरीरमा इन्फ्लामेसन (सुजन) हुन्छ र कोलाजन प्रोटिन (यो शरीरमा पाइने रेसादार प्रोटिन हो) टुक्रिने गर्छ । जसकारण छालाको लचिलोपन कम भएर चाउरी पर्न थाल्छ । चिनी खाँदा छालाको चमक पनि कम हुन्छ र छालामा चाउरीपन बढ्न थाल्छ ।

शरीर सुन्निने समस्या

चिनी धेरै खाँदा शरीर सुन्निने समस्या हुन्छ । त्यस्तै चिनी धेरै खानाले शरीरमा इन्सुलिन प्रतिरोध बढाउँछ । यसले रगतमा चिनीको मात्रा बढेर शरीर सुन्निने समस्या हुनसक्छ ।

बढी चिनी खानुको अर्थ रगतमा बढी ग्लुकोज उत्पादन हुनु हो । इन्सुलिनको मात्रा बढी भयो भने शरीरका कोषहरुमा जोखिम हुन्छ ।

एजेन्सीको सहयोगमा

चिनी स्वास्थ्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?