
२० वैशाख, काठमाडौं । संसदको पूर्वाधार विकास समितिले दार्चुलाका उच्च भेगमा सडक सुविधा पुर्याउन सरकारलाई निर्देशन दिएको छ ।
समिति सभापति दीपकबहादुर सिंहले अपि हिमालको आधार क्षेत्रतर्फ जाडो महिनामा पशुपालनका लागि तल झर्ने र गर्मी चढ्दा माथि जाने नेपाली नागरिकले सडकको अभावमा भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै यो बाध्यता हटाउनु पर्ने बताए ।
यहाँ गोरेटो बाटो रहेपनि भूकम्प र त्यसपछिको प्राकृतिक विपत्तिले सडक बिग्रिएर हिड्न नसक्ने अवस्था रहेको भन्दै उनले त्यसको मर्मत गर्न निर्देशन दिए ।
नेपाली नागरिकलाई आफ्नै मुलुकको बाटो हुँदै आवतजावत गर्ने वातावरण यसै वर्षभित्र बनाउन समेत उनले निर्देशन दिएका हुन् ।
महाकाली कोरिडोरको काम पुरा गर्न अझै केही वर्ष लाग्ने भन्दै यो गोरेटो सडक सुचारु निर्देशन दिएका हुन् । समितिको बिहीबारको बैठकमा राष्ट्रिय गौरवका सडक आयोजनाबारे छलफल भएको थियो ।
प्रतिक्रिया 4