
२१ वैशाख, हेटौँडा । बागमती प्रदेश सभा सचिवालयको आह्वानमा आज हेटौँडामा सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रि–बजेट छलफलका लागि बजेट अधिवेशन आह्वान गर्ने विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो । साथै प्रदेशसभामा रहेका विभिन्न ५ वटा समितिको अध्यक्षको निर्वाचनका विषयमा पनि बैठकमा छलफल गर्ने एजेण्डा छ ।
सर्वदलीय बैठकका लागि संसदमा रहेका संसदीय दलका नेता र प्रमुख सचेतकहरूलाई बोलाइएको छ ।
गत चैत १९ गते बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिएपछि संसद अधिवेशन अन्त्य गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4