+
+

‘कन्टेन्ट क्रिएटर’ कुल ब्वाय अब फिल्ममा हिरो, साइन गरे ‘होस्टेल ३’

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २१ गते ११:४७
फिल्म साइन गरेपछि कुल ब्वाय बायाँबाट दोस्रो

काठमाडौं । पछिल्लो समयका चर्चित ‘कन्टेन्ट क्रिएटर’ कुल ब्वायले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । निर्माताले शुक्रबार सामाजिक सञ्जालका यी सेलिब्रेटीलाई लिएर फिल्म बनाउने जनाएका छन् ।

यसअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् । यो सूचीमा कुल ब्वाय पनि जोडिएका हुन् ।

वास्तविक नाम पारस बम भएका उनलाई फिल्मको शीर्ष कलाकारको रुपमा चिनाइएको छ । उनी टिकटक, युट्युब र फेसबुक-इन्स्टाग्राम रिल्स लगायतका सामाजिक सञ्जाल प्लाटफर्ममा चर्चित छन् । विशेषगरी टिकटकले उनलाई नेपाली नेटिजन्समाझ चर्चा दिलाएको छ ।

निर्देशक सशान कँडेलले टिकटकर हुँदै इन्टरनेटमा कन्टेन्ट क्रिएटरको रुपमा चर्चित कुल ब्वायले फिल्ममा प्रमुख पात्रको भूमिका निर्वाह गर्ने बताए । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर र उनीहरूको भविष्यका घटनामा आधारित फिल्म निर्माण हुन लागेको हो । कुल ब्याय गायक समेत हुन् । उनका ‘कान्छी कता हिंडेको’, ‘बुवाको नाक होस्’ लगायत गीत चर्चामा छन् ।

फिल्मको कथाले माग गरेअनुसार नै उनलाई कास्ट गरिएको निर्देशक कँडेलले बताए । अघिल्ला भागजस्तै तेस्रो श्रृंखलाबाट समेत अन्य केही चलेका स्टारको जन्म हुने उनको भनाइ छ ।

फिल्मको पटकथा माधव शर्माले लेखिरहेका छन् । यसअघि बनेका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’लाई सुनिल रावलले बनाएका थिए । ‘होस्टेल ३’ लाई भने सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ ।

यसको निर्मातामा शिशिर ज्ञवाली, कार्यकारी निर्माता शंकर कोइराला, सहनिर्माताहरू सुधा मरहट्ठा, सुरेश कँडेल र अर्जुन सापकोटा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?