
२३ वैशाख, काठमाडौं । आइतबार सुनको भाउ स्थिर रहेको छ । अघिल्लो दिनकै मूल्यमा आइतबार सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आइतबार १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो । वैशाख ९ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
चाँदीको मूल्य भने ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ६४५ रुपैयाँ रहेको चाँदी आज १ हजार ६४० रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4