
२३ वैशाख, काठमाडौं । पोखरा महानगरपालिका १८ खपौदीस्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता एक बालकको शव भेटिएको छ ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टासम्म खोजेर शव निकालेको हो ।
पोखरा महानगरपालिका– ५ मालेपाटन बस्ने अन्दाजी १४/१५ वर्षका सोनम सुवेदी आइतबार दिउँसो पौडी खेल्ने क्रममा खोलामा डुबेर बेपत्ता भएका थिए ।
सुवेदी बेपत्ता भएपछि उनीसँगै पौडी खेल्न गएका अर्का बालकले स्थानीयमार्फत सशस्त्र प्रहरीलाई जानकारी गराएका थिए ।
दिउँसो साढे १ मा बालक डुबेको खबर प्रहरीमा पुगेको थियो । खबर पाउनसाथ सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट परिचालन भएको विशेष विपद् उद्धार एवं गोताखोर टोलीले साढे २ बजेतिर शव निकालेको हो ।
थप प्रक्रियाका लागि उनको शव नेपाल प्रहरीलाई बुझाइएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4