+
+

गोरखामा जेठ १० बाट रोट महोत्सव

रासस रासस
२०८१ वैशाख २५ गते १६:१६

२५ वैशाख, गोरखा । गोरखाको गोरखनाथ मन्दिरमा सवा लाख रोट महोत्सव हुने भएको छ ।

जिल्लामा धार्मिक पर्यटक भित्र्याउन प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको मन्दिरमा आगामी जेठ १० गतेदेखि २१औँ सवा लाख रोट महोत्सवको आयोजना गरिएको छ ।

आयोजक सिद्धाश्रम शक्तिकेन्द्र गोरखाका संयोजक किशोरकुमार अकेलाले महोत्सव अवधिभर गोरखनाथलाई सवा लाख रोट चढाउने र रोट महोत्सवमा धार्मिक प्रवचनसहित भजनकीर्तन कार्यक्रमसमेत सञ्चालन हुने बताए ।

चालमको पिठो, नरिवल, ल्वाङ, अलैँची, चिनीलगायतका विभिन्न प्रकारका मसला मिसाएर रोट पकाइन्छ । यहाँ भुङ्गे र तावाँ रोट पकाइन्छ ।

गोरखनाथको मन्दिरमा गोरखनाथलाई दिनहुँ रोट चढाउने चलन छ । विश्वशान्तिको कामनासहित धार्मिक पर्यटन प्रवद्र्धनका लागि सवा लाख रोट महोत्सव गरिँदै आएको संयोजक अकेलाले बताए ।

वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट हुनुभएको दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिन्छ । सो दिनको अवसर पारेर रोट महोत्सव सुरुवात गरिएको हो ।

एघार दिनसम्म चल्ने महोत्सवमा सहभागी हुन आउने भक्तजनका लागि आयोजकले नै खाने, बस्ने सुविधा उपलब्ध गराउने संयोजक अकेलाले जानकारी दिए । उनले भने, ‘यसपटक ४० हजार भन्दाबढी पर्यटक महोत्सवमा गोरखा आउने अनुमान गरिएको छ ।’

सवा लाख रोट महोत्सवमा गोरखनाथको प्रसाद ग्रहण गर्न भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?